अष्ट्रेलियाविरुद्ध अफगानिस्तानको शानदार जित

काठमाडौं,९ असार । अफगानिस्तानले अष्ट्रेलिया माथि शानदार जित हासिल गरेको छ । अफगानिस्तानले आइसिसी टि-२० विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।

अफगानिस्तानको जित पछि सुपर एट समूह १ बाट सेमीफाइनल पुग्ने दौड रोचक मोडमा पुगेको छ । भारतले २ खेलबाट ४ अंक रहेको छ भने अफगानिस्तान र अष्ट्रेलियाको समान २/२ र बंगलादेश अंकविहिन छ ।

आउने खेलहरुमा भारतले अष्ट्रेलिया र अफगानिस्तानले बंगलादेशको सामना गर्नेछन् ।

आईतवार बिहान सेन्ट भिन्सेन्टमा भएको खेलमा अष्ट्रेलिया १५९ रनको लक्ष्य पछ्याउने क्रममा ४ बल बाँकी छँदै १२७ रनमा समेटियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४१ बलमा ५९ रन बनाएका थिए । तर अन्य ब्याटरले लय पछ्याउन सकेनन् । यस खेलमा अष्ट्रेलियाका अमिचेल मार्शको १२ रन नै दोस्रो ठूलो स्कोर बन्न पुग्यो । जसका कारण अष्ट्रेलियाले पराजय भोग्नु पर्यो ।

अफगानिस्तानको यस जितमा गुलबदिन नैवले ४ विकेट लिए । नभिन उल हकले ३ तथा ओमारजाई, मोहम्मद नबी र राशिद खानले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेटको क्षतिमा १४८ रन जोडेको थियो । अफगानिस्तानका रहमनुल्लाह गुर्बाजले ४९ बलमा ६० रन बनाए । इब्राहिम जाद्रानले ४८ बलमा ५१ रनको इनिङ खेले ।

अष्ट्रेलियाका प्याट कमिंसले ह्याट्रिक सहित ३ विकेट लिए । उनको यो लगातार दोस्रो खेलमा ह्याट्रिक रहेको छ भने टि-२० विश्वकपमा दुई ह्याट्रिक लिने उनी पहिलो बलर बनेका छन् । त्यस्तै एडम जाम्पाले २ विकेट लिए भने एक विकेट मार्कस स्टोइनिसले एक विकेट लिए ।

त्यसैगरि, अफगानिस्तानको क्रिकेट इतिहासमा अष्ट्रेलिया विरुद्ध पहिलो जित दर्ता गरेको यस खेलमा अफगानिस्तानले २१ रनको जित हासिल गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्