दीपेन्द्रसिंह ऐरी आईसिसीको उच्च वरियताको छैटौं स्थानमा

काठमाडौं,५ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वरियतामा सुधार गरेका छन् । आईसीसीले मंगलबार जारी गरेको टी-ट्वान्टी आईको अलराउन्डरतर्फको वरियतामा ऐरी छैटौं स्थानमा उक्लिएका हुन । आईसीसीले यस अगाडि जारी गरेको सुचि अनुसार उनी नवौं स्थानमा थिए ।

अमेरिका र वेस्ट इन्डिजमा जारी टि-ट्वान्टी विश्वकपमा ऐरीले बंगलादेश, दक्षिण अफ्रिका र नेदरल्यान्ड्ससँगको खेलमा ३२ रन जोड्नुका साथै ६ विकेट लिएका थिए । दिपेन्द्र ओमानमा भएको एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा ६ बलमा ६ छक्का प्रहार गर्दै नयाँ कीर्तिमान बनाएका थिए ।

आईसीसीले मंगलबार जारी टी-ट्वान्टी आईको अलराउन्डरको पहिलो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोईनेस, दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा, तेस्रो स्थानमा बंगलादेशका ‌शाकिब अल हसन रहेका छन्।

त्यसै, चौथो र पाँचौंमा स्थानमा क्रमश् अफगानिस्तानका‌ मोहम्मद नाबी, जिमबावेका सिकन्दर राजा छन् भने छैठौंमा दिपेन्द्र सिंह ऐरी आई पगेका छन् । त्यसैगरि नेपालका अर्का खेलाडी कुशल मल्ल पहिले भन्दा एक स्थान तल झरेर ३६ स्थानमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्