सेयर बजारमा १८ अंकको गिरावट आए पनि कारोवार भने ४ अर्ब ५ करोड
काठमाडौं, ४ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.७६ अकंले घटेर २०७६.४९ बिन्दुमा बन्द भएको छ । यसदिन ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोको ११ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको १० करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । माण्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र कुथेली बुखरीका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्