श्रीलंकाले नेदरल्याण्ड्सलाई २०२ रनको लक्ष्य दिए

काठमाडौं, ३ असार। टी-२० विश्वकप २०२४ मा समूह चरणको अन्तिम खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई २०२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेटको क्षतिमा २०१ रन बनाएको हो ।

श्रीलंकाका कुशल मेन्डिस र चरिथ असलंकाले ४६/४६, धनन्जय डे सिल्भाले ३४, कामिन्दु मेन्डिसले १७ रनको योगदान गरे ।

एन्जिलो म्याथ्युज ३० र वानिन्दु हसरंगा २० रनमा अविजित रहँदै २०१ को स्कोर बनाउन मद्दत गरे ।

नेदरल्याण्डका लोगन भान विकले दुई, भिभियन किंग्मा, आर्यन दत्त, पाउल भान मिर्केन र टिम प्रिन्गलले एकरएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्