बंगलादेशविरुद्ध १०७ रनको लक्ष्य पछ्याइरहेको नेपालले सात ओभरमा पाँच विकेट गुमाए
काठमाडौं , ३ असार । टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्ध १०७ रनको लक्ष्य पछ्याइरहेको नेपालले सात ओभरमा पाँच विकेट गुमाएको छ ।
पाँचौ विकेटको रुपमा सन्दीप जोरा १ रन बनाएर आउट भए । उनले ८ बल सामना गरेका थिए ।
यसअघि आशिफ शेख १७, कप्तान रोहित पौडेल १, कुशल भुर्तेल ४ र अनिल कुमार साह शून्य रनमा आउट भएका थिए ।
यो समाचार तयार पार्दासम नेपालले ३० रन बनाएर खेलिरहेको छ ।
तन्जिम हसन सकिबले चार ओभरमा दुई मेडन राख्दै ४ विकेट लिएका छन् । उनले ७ रन मात्र खर्चिएका छन् । मुस्तफिजुर रहमानले १ विकेट लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्