समपूरक र विशेष अनुदानबापत प्रदेश र स्थानीय तहले १० अर्ब पाउने 

काठमाडौं । आगामी आर्थिक वर्ष २०७५र७६ मा प्रदेश र स्थानीय तहले समपूरक र विशेष अनुदानबापत १० अर्ब रुपैयाँ पाउने भएका छन् ।सरकारले प्रदेश र स्थानीय तहलाई आगामी आर्थिक वर्षमा दिने समपुूरक र विशेष अनुदानको अनुमानित बजेटको सीमा निर्धारण गरेको हो ।

जसअनुसार अब दुवै सरकारले समपूरक अनुदानबापत ६ अर्ब रुपैयाँ र विशेषबापत ४ अर्ब रुपैयाँ पाउने छन् ।

राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय लगायतको सहभागितामा बसेको स्रोत समितिको बैठकले दुवै तहमा जाने दुई अनुदानको एकमुष्ठ सीमा टुंगो लगाएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा सरकारले यसअघि नै प्रदेश र स्थानीय तहलाई राजश्व बाँडफाँट र वित्तीय समानीकरणको सिलिङ पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्