नाडा अटो शोको १६औं संस्करण, २०२४ भदौ ११ गतेदेखि

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने भएको छ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालको यो १६औं संस्करण हो ।

नाडाले आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म सवारी साधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको प्रदर्शनीको १६ औं संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गर्न लागेको हो ।

काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको यही जेठ ३१ गते देखि असार ५ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिने भएको छ । प्रदर्शनीमा भाग लिन स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडाले जनाएको हो ।

सो प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समूह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको नाडाले बताएको छ ।

नाडा अटो शो समितिका संयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि अटो क्षेत्रले विषेश योगदान पुर्याउँदै आइरहेको बताएका छन् । सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवं उपभोक्ताहरूलाई नाडा अटो शो २०२४ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने पनि आयोजक नाडाले बताएको छ ।
नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालको यो १६औं संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्