धिपधिपेबाट लयमा फर्कियो शेयर बजार

काठमाडौं, ३० जेठ । मङ्गलवार ३३.१५ अंकले बढेर २११५.२४ अंकमा उक्लिको शेयर मार्केट आज बुधबार पनि बढ्ने शुमसंकेत दिएको थियो । कारोबारमा आएका २०३ कम्पनीको शेयर मूल्य बढे भने ४१ कम्पनीको शेयर मूल्य घट्दा दुई कम्पनीको शेयरमा कुनै हेरफेर भएन।

लगानीकर्ताहरूले २२ सयको दौड सुरु भएको भनेर स्वागत गरेको बजारमा बुधबार ६.३७ अर्थात ०.३० बढेर २१२१.६२ मा पुगेर बजार बन्द भएको छ । यसले पनि राम्रै संकेत देखाएको छ । कारोवार रकम ५,अर्ब ५९ करोडभन्दा बढी छ । यो कारोवारको वृद्धिले लगानीकर्तामा बजार बढ्छ भन्ने आत्मविश्वास बढेको छ । मार्केटको गतिअनुसार एकैचोटी नबढे पनि अब चाही विस्तारै विस्तारै बढ्छ है भन्ने लक्ष्ण प्रष्ट रुपमा देखाएको छ । लगानीकर्ताहरु पनि अब चाही ढुक्क भएर लगानी गर्न तम्सिएका छन । १८ अंकभन्दा माथि तल झरेको बजार फेरी लय पकडिदा भोलि बिहिबार पनि बजार बढ्ने शुभ संकेत गरेको छ । अर्थतन्त्रमा आएको सकारात्मक सुचांक र निर्वाध रुपमा संसदमा चल्दा त्यसको प्रभाव बजारमा देखिएको छ । वित्तिय संस्थाको नियमक निकाय नेपाल राष्ट्र बैंकले मौदिक नीतिमा लगानीमैत्री वातावरण बनाउने र बैंकले ब्याजदर पनि घटाउदै लगेको छ । शेयर धितोकर्जामा पनि खुकुलोको साथै लाग्दै आएको क्याप हटाउने संकेत गरेर बजार अझै प्रभावकारी लक्ष्यण हुने देखिएको छ ।

तर क्याप हटेमा भने कर्जा लिएर लगानी गर्न सहज हुनेछ । आम लगानीकर्ताले भने लाभांश क्षमता राम्रो रहेका, नाफा, रिजर्भ, इपीएस, नेटवर्थ लगायतका सूचकहरु सबल रहेका कम्पनीमा योजनाबद्ध तरिकाले लगानी गर्दा जोखिम न्यूनीकरणमा सहयोग पुग्न सक्छ ।

आज ३१२ कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ६३ लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ग्रीन लाइफ हाइड्रोपावर अग्रस्थानमा रहेका छन् ।
यसले गर्दा शेयर मार्केट आगामी दिन सकारात्मक बाटोमा अगाडि बढ्ने प्रष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्