नेपाल र श्रीलंका बीचको खेललाई मौसमले प्रभाव पार्नेमा क्रिकेट प्रेमीको चिन्ता

काठमाडौं,२९ जेठ । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे श्रीलंकासँग खेल्दैछ ।

समूह ‘डी’ अन्तर्गत नेपाल र श्रीलंका दुवै टोली पहिलो जितको खोजीमा छन् । फ्लोरिडाको ब्रोवार्ड काउन्टीको रंगशालामा हुने खेलमा मौसमका कारण खेलमा पर्नै प्रभावले दुवै देशका क्रिकेट प्रेमीको चिन्ता बढाएको छ ।

मौसम पूर्वानुमानअनुसार खेल हुने समयमा पानी पार्ने सम्भावना अत्याधिक छ । सकेसम्म खेलको टसको बेलमा र खेल सुरू हुने बेलमा वर्षाले असर नगरोस् भन्ने सबै विश्वस्त छन् ।

फ्लोरिडामा अहिले हरेक दिनजसो वर्षा भइरहेको छ र गर्मी बढिरहेको छ । दुई दिनअघि भारी वर्षा हुँदा ब्रोवार्ड काउन्टी मैदानमा पानी निकै जमेको थियो । त्यसले पनि खेललाई असर गर्ने देखिन्छ ।

फ्लोरिडाको यो मैदानको पीच अमेरिकाको न्युयोर्क र डालासको तुलनामा ब्याटिङका लागि उपयुक्त दिएको छ ।

वार्म अप खेलमा श्रीलंकाविरूद्ध नेदरल्यान्ड्सले यो मैदानमा १८१ रन जोड्दा जावाफी ब्याटिङ गरेको श्रीलंकाले १६१ रन मात्र जोड्न सकेको थियो ।

आयरल्यान्ड विरुद्धको अर्को खेलमा श्रीलंकाले १६३ रन जोडेको थियो । आयरल्यान्ड १२१ रनमा अलआउट भएको थियो । विश्वकपको समूह चरणको खेल भने यो मैदानमा पहिलो पटक हुन लागेको हो ।

नेपालका कप्तान रोहित पनि श्रीलंका र नेपालबीचको खेल हाइ स्कोरिङ हुने विश्वास गर्छन् ।

नेपालको लागि यहाँको पीच ब्याटिङका लागि उपयुक्त देखिन्छ । न्युयोर्क र डालासको भन्दा फरक छ । रोहितले भने, ‘नेपाल र श्रीलंकाबीचको खेल हाइस्कोरिङ र रोमाञ्चक हुन्छ भन्ने आसा छ’ ।

 

प्रतिक्रिया दिनुहोस्