भारतीय सेयर बजारमा भारी गिरावट पछि सम्हालिदै
काठमाडौं,२२ जेठ । भारतीय सेयर बजारमा भारी गिरावट आएको छ । लोकसभा चुनावको नतिजा आउने क्रम सुरु भएसँगै भारतीय बजारमा भारी गिरावट पछि सम्हालिदै गएको हो ।
दिउँसो साढे १२ बजेसम्म बीएसई सेन्सेक्स अघिल्लो दिनको तुलनामा ६ हजार अंक (७.९७ प्रतिशत) घटेको छ । साढे १२ बजेसम्म बीएसई सेन्सेक्स ७० हजार ३७४ मा झरेको छ । सोमबार यो बीएसई सेन्सेक्स ७६ हजार ५९९ अंकसम्म पुगेको थियो । २ बजेसम्म ३८४१ अंक घटेर सेन्सेक्स ७२ हजार ६२१ अंकमा फर्कन सफल भएको छ ।
त्यस्तै अर्को नेसनल स्टक एक्स्चेन्जको सूचक एनएसई १९ सय बढी अंकले घटेको छ । साढे १२ बजेसम्म यो सूचक १९४७ अंक घटेर २१ हजार ३१६ मा झरेको छ । २ बजेसम्म आइ पुग्दा पुग्दा १ हजार २८३ अंक घटेर एनएसई २१ हजार ९८० अंकमा फर्कन सफल भएको छ ।
मुख्यतः भारतीय लोकसभाको नतिजामा भारतीय जनता पार्टीको कम्जोर नतिजा आउने क्रम सुरु भएपछि बजारमा भारी गिरावट देखिएको हो । चुनावको नतिजा भारतीय सञ्चारमाध्यमले गरेको प्रक्षेपणको तुलनामा धैरे फरक देखिँदा बजार प्रभावित बनेको अनुमान गरिएकोछ ।
प्रतिक्रिया दिनुहोस्