मजदुर दिवसका अवसरमा फ्रान्समा व्यापक प्रदर्शन, २ सय मजदुर पक्राउ

काठमाडौं बैशाख १९ । फ्रान्समा मजदुर दिवसका अवसरमा निकालिएको र्‍यालीमा सहभागी २ सय जना पक्राउ परेका छन् ।

राष्ट्रपति इमानुयल म्याक्रोनको श्रमिक सुधारको योजना बिरुद्ध आयोजना गरिएको शान्ति र्‍यालीमा उग्र वामपन्थी समूहले हस्तक्षेप गरेपछि झडपसमेत भएको थियो ।

सो समूहका कार्यकर्ताले शन्तिपूर्ण र्‍यालीमा प्रवेश गरी जथाभावी तोडफोड र आगजनी गरेपछि उनीहरुलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले पेरिस शहरका धेरै पसलमा आगजनी, तोडफोड र सवारी साधनमा क्षति पुर्‍याएका छन् ।

हिंसात्मक घटना नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार र पानीका फोहोरा प्रयोग गरेको थियो ।

त्यस क्रममा चार जना सामान्य घाइते भएका छन् । र्‍यालीमा करिब १ हजार २ सय सहभागी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्