सुन चाँदीको भाउ घट्यो

काठमाडौं,२० जेठ । हप्ताको पहिलो दिन आइतबार सुन चाँदीको भाउ घटेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज तेजावी सुन पनि स्थिर नै रहेको छ । यस दिन तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो दिन चाँदीको भाउ भने २५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्