आर्थिक सुधारको वर्ष घोषणा
काठमाडौं, १५ जेष्ठ । आगामी आर्थिक वर्षलाई सरकारद्वारा आर्थिक सुधारको वर्ष घोषणा गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन्।
उनले नीजि क्षेत्रमा आत्मविश्वास बढ्दै गएको र आर्थिक सुधारको संकेत देखिदै गएको पनि बताए ।
यसकासाथै गणतन्त्र आएयता अर्थतन्त्रमा अपेक्षित सुधार नभएको पनि उनले स्वीकारेका छन् । लामो राजनीतिक संक्रमण, भूकम्प, कोभिड १९ लगायत कारणले अपेक्षित आर्थिक विकास हुन नसकेको अर्थमन्त्री पुनको भनाइ छ ।
यसैगरी, अर्थमन्त्रीले उपभोक्ता मागमा कमी आउनु, कर्जाको विस्तार न्यून हुनु, वस्तु आयातमा कमी आउनुले चालु आवमा समेत अर्थतन्त्र अपेक्षित विस्तार हुन नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्