किरण रावले आमिर खानसँगको सम्बन्ध विच्छेद बारे मुख खोलिन्

काठमाडौं । किरण राव आफ्नो नारीवादी फिल्म लापता लेडीजका कारण यति बेला चर्चामा छिन् ।

किरण राव एक भारतीय फिल्म निर्माता, पटकथा लेखक, र निर्देशक हुन् जसले हिन्दी सिनेमामा काम गर्छिन ।

रावले डिसेम्बर २००५ मा अभिनेता आमिर खानसँग विवाह गरिन । खानले २००२ मा आफ्नी पहिलो पत्नी रीना दत्तसँग सम्बन्धविच्छेद गरेपछि रावसंग लगान सिनेमाको सेटमा भेटेका थिए । राव लगानमा फिल्मको सहायक निर्देशक थिइन ।

३ जुलाई २०२१ मा, किरण राव र आमिर खानले विवाहको १५ वर्ष पछि एक संयुक्त बयान मार्फत सम्बन्धविच्छेद गर्ने निर्णयको घोषणा गरेका थिए ।

अन्तर्वार्तामा रावले आमिर खानसँगको सम्बन्ध विच्छेदको कारणबारे कुरा गर्दै भनेकी थिइन् ‘मलाई मेरो स्पेस चाहिएको थियो । आमिर र म बीच दुई मानिसको रूपमा धेरै बलियो सम्बन्धमा छ । हामी एकअर्कासँग धेरै जोडिएका छौं र हामी एकअर्कालाई गहिरो माया र सम्मान गर्छौ । त्यसैले, म सम्बन्ध विच्छेदको बारेमा चिन्तित थिइनँ । मलाई थाहा थियो कि मलाई मेरो ठाउँ चाहिन्छ । म स्वतन्त्र भएर बाँच्न चाहन्थें । तपाईहरुले अनुमान गरि सक्नु भयो हो कारण यहि हो उनले खुलाइन ।

 

 

प्रतिक्रिया दिनुहोस्