राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देबेन्द्र रमण खनाल नियुक्त

काठमाडौं,१० जेठ । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्र रमण खनाललाई नियुक्त गरेको छ ।

बैंकले बिहीबार सूचना प्रकाशन गर्दै खनाललाई नियुक्त गरेको बताएको छ । उनलाई चार वर्षको लागि सो पदमा नियुक्ति दिएको हो ।

बैंकको रिक्त रहेको सीईओ पदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायमको जिम्वेवारी तोकिएको थियो ।

यसअघि किरणकुमार श्रेष्ठ चैत २८ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत सेवाबाट निवृत्त भएका थिए । उनी दोस्रो कार्यकाल पूरा गरी बैंक सेवाबाट निवृत्त भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्