आजदेखि नयाँ ब्रोकर कमिसन लागू
काठमाडौं,१ जेठ । आज जेठ १ गतेदेखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली, २०६४ को अनुसूचीमा हेरफेर गरेर ब्रोकर कमिसन घटाउने निर्णय गरेकोसँगै आजबाट नयाँ कमिसन दर लागू हुँदैछ ।
नयाँ कमिसन अन्तर्गत संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र कारोवार वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँसम्मको कारोवारमा ०.३६ प्रतिशत कमिसन लाग्ने भएको छ ।
त्यसैगरि ५० हजारभन्दा माथि ५ लाखसम्मको कारोवारमा ०.३३ प्रतिशत कमिसन लाग्ने छ । ५ लाखदेखि २० लाखसम्मको कारोवारमा ०.३१ प्रतिशत कमिशन लागू हुने छ । २० लाखदेखि १ करोडसम्मको कारोवारमा ०.२७ प्रतिशत कमिसन लाग्ने छ । अन्तमा १ करोडभन्दा माथी जतिसुकैको कारोवारमा ०.२४ प्रतिशत कमशिन लाग्ने छ ।
यसअघि नेपाल धितोपत्र बोर्डले साढे २ वर्षअघि ब्रोकर कमिसन घटाएको थियो । धितोपत्र बोर्ड २०७७ पुस १२ गतेदेखि लागू हुने गरेर ब्रोकर कमिसन ३३% देखि ६०% सम्मले घटाएको थियो ।
प्रतिक्रिया दिनुहोस्