सरकारले आज नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्दै

काठमाडौं, १ जेष्ठ। सरकारले आज जेष्ठ १ गते आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस गर्दै छ ।

दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसमाथिको छलफल भने प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुटाछुट्टै हुनेछ । संघीय संसदका प्रवक्ता दशरथ धमलाका अनुसार प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने कार्यसूचि रहेको छ । राष्ट्रिय सभामा जेठ ३, ४ र ६ गते छलफल हुने छ ।

अन्तिम दिनको छलफलबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ । सरकारको नीति तथा कार्यक्रम पारित भएपछि जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत हुने छ । तर राजनीतिक गतिरोध अन्त्य हुन नसक्दा सरकाको नीति तथा कार्यउक्रम प्रभावित हुने हुनु की भन्ने आशंका भने छदैछ । दलहरुबीच ससहमतीको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्