सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

काठमाडौं,१८ वैशाख । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ । यसदिन सुनको मूल्य सोमबार कारोबार भएको मूल्यमा नै स्थिर भएको हो । तर, चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ३७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्