टी–२० क्रिकेटमा सागरले लिए एकै ओभरमा दुई विकेट

काठमाडौँ , १६ बैशाख । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो दोस्रो विकेट पनि गुमाएको छ । वेस्ट इन्डिजको दोस्रो विकेट पनि सागर ढकालले लिएका हुन् ।

उनले वेस्ट इन्डिजका अर्का ओपनर ब्याट्सम्यान जोन्सन चार्लिसलाई ११ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । सागरले लिएको यो दोस्रो विकेट हो । २।५ ओभरमा जोन्सन आउट हुँदा वेस्ट इन्डिजले १८ रन बनाएको थियो ।

त्यसअघि वेस्ट इन्डिजको पहिलो विकेट पनि सागर ढकालले नै लिएका थिए । उनले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान एलिक अथान्जलाई ६ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका थिए । २।२ ओभरमा अथान्ज आउट हुँदा क्यारेबियन टोलीले १७ रन बनाएको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो ।वेस्ट इन्डिजको दुई विकेट

प्रतिक्रिया दिनुहोस्