आगामी मे बाट परमाणु परीक्षण बन्द गर्ने उत्तर कोरियाको घोषणा

काठमाडौं। उत्तर कोरियाले आगामी मे बाट परमाणु परीक्षण स्थल बन्द गर्ने घोषणा गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच शुक्रबार भएको भेटवार्तामा परमाणु परीक्षण नगर्ने सहमति भएको थियो ।

त्यसलगत्तै उत्तर कोरियाले मे महिनाबाट परमाणु परीक्षणस्थल बन्द गर्ने जानकारी दिएको दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यसैगरी उत्तर कोरियाले आफ्नो ‘टाइम जोन’ पनि परिवर्तन गर्ने भएको छ ।

हाल उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा घण्टा फरक छ । अब परिवर्तन गरेर समान समय बनाउने उत्तर कोरियाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्