सुनचाँदीको मूल्य फेरी बढ्यो

काठमाडौं,१४ बैशाख । आज शुक्रबार सुनचाँदीको दुबैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको अनुसार आज छापावाल सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य पनि बढेको छ । तेजावी सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । आज प्रति तोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्