सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं, १० बैशाख । आज सुन र चाँदी दुबैको मूल्य घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घटेर १७ सय ५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ४० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३७०.३९ डलर र चाँदी प्रतिऔंस २८ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्