एसीसी प्रिमियर कपमा नेपालको बलिङ प्रदर्शन

काठमाडौं, ३० चैत । नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियाविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ६९ रन बनाएको छ ।

मलेसियाका कप्तान विरनदीप सिंह २८ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा क्रिजमा छन् । शर्विम मुनिआन्डी १४ बलमा समान १ चौका र छक्कासहित १८ रनमा क्रिजमा छन् ।

मलेसियालाई ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले ५.१ ओभरमा ३५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

आमिर दीपेन्दसिंह ऐरीको बलमा १६ रनमा कट एण्ड बोल्ड आउट भए । नेपालले आजको खेलमा प्रतिश जि.सी, विवेक यादव र अनिल कुमार शाहलाई बेन्चमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्