नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ लाई हरायो

काठमाडौं, १९ चैत । नेपाल ‘ए’ ले तेस्रो टी–२० खेलमा आयरल्याण्ड ‘ए’ माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २–१ ले गुमाएको छ ।

२१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानीले ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मोर्गन टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट भए ।

एक समय ७.१ ओभरमा ५२।४ को अवस्थामा पुगेको आयरल्याण्डलाई पाचौं विकेटका लागि मोर्गन र ग्यारेथ डेलानीले १२९ रनको शानदार शतकीय साझेदारी गर्दै जितको आशा कायम राखेका थिए । आयरल्याण्ड ए का ओपनर रस आडैरले १४ बलमा ५ चौका र १ छक्कासहित ३१ र तथा फिन ह्यान्ड २२ रनमा आउट भए । अन्तिम ओभरमा २० रन चाहिँदा राशिद खानले १६ रन खर्चेर १ विकेट लिँदै नेपाललाई रोमान्चक जित दिलाए ।

नेपालको जितमा विपिन खत्रीले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । नारायण जोशी, कमलसिंह ऐरी र रासिद खानले १।१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्