६८ वर्ष लामो कोरियाली युद्ध अन्त्य गर्न किम जोङ उन र मुन जे–इन सहमत

काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनको ऐतिहासिक वार्तापछि ६८ वर्ष लामो कोरियाली युद्ध अन्त्य गर्न सहमत भएका छन् ।

किम जोङ उन ६५ वर्षमा पहिलो पटक दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने पहिलो उत्तर कोरियाली नेता हुन् । उनलाई राष्ट्रपति मुनले स्वागत गरेका थिए ।

सीमा क्षेत्रमा रहेको पीस हाउसमा वार्ता गरेका थिए त्यस लगतै कोरियाली प्रायद्वीपमा युद्ध नगर्ने बाचा गरेका छन्, जसलाई शान्तिको एक नयाँ युगको सुरुवात समेत भनिएको छ ।

कोरियाली प्रायद्वीपलाई परमाणु हतियारमुक्त बनाउने लक्ष्यमा दुबै नेता सहमत भएका छन् । दुई देशले उत्तर कोरियामा संयुक्त कार्यालय खोल्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्