टी–२० मा बमको शतकका बाबजुद नेपाल ए पराजित

काठमाडौं, १६ चैत । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले पहिलो जित हात पारेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको टी–२० मा नेपाल ‘ए’लाई २१ रनले पराजित गरेको हो ।

२२३ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ३ बल खेल्नु अगाडि नै सबै विकेट गुमाएर २०१ रन बनायो । नेपालका लागि ओपनर लोकेश बमले १०६ रन बनाएका थिए ।

लोकेश र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपाल १८९.३ को अवस्थामा थियो । तर १३ रन जोड्दा ७ विकेट गुमायो । १६औं ओभरको अन्तिम बलमा बमलाई गुमाएको नेपालले एकपछि अर्को विकेट गुमाएको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्ड ए ले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्