वर्षाको कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौं, १५ चैत । वर्षाको कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको पहिलो टी–२० अभ्यास खेल रद्द भएको छ ।

बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो ।

दुवै टोलीका खेलाडी मैदान नै आएका थिएनन् । नेपाल क्रिकेट संघ (क्यान) ले पुनः तालिका सार्ने जनाएको छ ।

टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ ।

यस खेलसहित क्यानले पुनः अर्को नयाँ तालिका सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्