बिरिसु मिडिया प्रा.लिको दोस्रो वार्षिकोत्सव, २८ श्रष्टा सम्मानित

काठमाडौँ । बिरिसु मिडिया प्रा.लिको दोस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौँको अनामनगरस्थित सामाजिक विकास भवनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामाजिक,व्यवसायिक,कलाकारिता र पत्रकारितामा विशेष योगदान दिएका २८ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै माननिय मन्त्री हित बहादुर तामाङले शुभकामना व्यक्त गर्नुहुँदै विविध क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई सम्मान प्रदान गर्नाले हौसला मिल्ने र सम्पूर्ण सम्मानित व्यक्तिहरुलाई बधाई ज्ञापन गरे । उनले बिरिसु मिडियाले नमुना योग्य कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । विशिष्ट कार्य गरेवापत बिरिसु मिडियाले सम्मान प्रदान गरेको र राज्यले पनि हौसला प्रदान गर्न सम्मान कार्यक्रम गर्नुपर्ने बताए । कार्यक्रममा विशिष्ट अतिथी गुरु लामा घ्याछो रिम्पोछे ज्यूले शुभकामना व्यक्त गर्नुहुँदै बिरिसु मिडिया प्रा।लिलाई थप सफलताको कामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा चलचित्र लेखन, साहित्य, पत्रकारिता, हास्य विधा, फोटोग्राफी र कलाकारिताको क्षेत्रमा लामो समयसम्म योगदान पुर्याएका बिशिष्ट ब्यतित्वहरु वरिष्ठ लेखक तथा साहित्यकार सुरेन्द्र महर्जन ,पत्रकार शरण हुमागाई,रश्मि पाण्डेलगायत २८ जनालाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष एंव पत्रकार विवेक लोप्चनले धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा पनि अझ शसक्त ढंगले विविध क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्ने र थप हौसला प्रदान गर्ने बताए । कार्यक्रमको संयोजक लक्षु प्रकाश मल्लले गरेका थिए । गायिका एंव बिरिसु मिडिया प्रा।लिका निर्देशक सुस्मिता स्याङ्तानले विविध क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई राज्यले गर्नुपर्ने सम्मान आफ्नो संस्थाले गरेको बताइन । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी राजकुमार रायमाझिले गरेका थिए भने उक्त कार्यक्रममा कलाकार,पत्रकार एंव विशिष्ट क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्