नेपालले आयरल्यान्ड ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं,१२ चैत । नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ए टिमलाई ६ विकेटले पराजित गरेको छ ।

टी(यू क्रिकेट मैदानमा आयरल्यान्ड ए टिमले दिएको १२२ रनको सामान्य लक्ष्यलाई नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरेका ।

आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एकरएक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए भने अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिएका थिए भने त्यसैगरि करण केसी र कुशल मल्लले १/१ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्