आईसीसीका अध्यक्ष बार्कले नेपाल आइपुगे

काठमाडौं,५ चैत । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आइपुगेका छन् ।

आज ४ बजे नेपाल आई पुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए ।

नेपाली क्रिकेट विकास गर्न सहयोग गर्ने उनले बताएका छन् ।

उनले नेपालमा टीयु र मुलपानी क्रिकेट मैदान भ्रमण गर्नेछन् । त्यस्तै नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ ।

नेपालले २०२७ मा आईसीसी वुमन्स यु-१९ विश्वकप आयोजना गर्दैछ । त्यसको लागि उनले मुलपानी र टीयुको मैदान निरिक्षण गर्नेछन् । यी सबै कार्यक्रम सकेर चैत ८ मा फर्किनेछन् ।

भोली मैदानको निरिक्षण गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहल , अर्थमन्त्री वर्षमान पुन र खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग भेट्ने कार्यक्रम छ।

नेपालले २०२७ मा आईसीसी वुमन्स यु-१९ विश्वकप आयोजना गर्दैछ । त्यसको लागि उनले मुलपानी र टीयुको मैदान निरिक्षण गर्नेछन् । यी सबै कार्यक्रम सकेर चैत ८ मा फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्