करीना, कृति र तब्बू अभिनित फिल्म “क्रु” ट्रेलर सार्वजनिक

काठमाडौं,५ चैत । बलिउड अभिनेत्रीहरु करीना कपूर खान, कृति सेनन र तब्बू अभिनीत फिल्म क्रुु को ट्रेलर सार्वजनिक भएको छ । बालाजी मोशन पिक्चर्सबाट फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा कोहिनूर एयरलाइन्समा काम गर्ने तीनजना महिला फ्लाइट अटेन्डेन्टले सुन भेटेको कथालाई यस फिल्ममा देखाइएको छ । निर्माताले टिजर भिडियो सेयर गर्दै, ‘चोली के पिच्छे’ को म्युजिकमा टिजर देखाईएको छ ।

राजेश कृष्णननले निर्देशन गरिरहेको फिल्ममा एकता कपूर, दिग्विजय पुरोहित र रिया कपूरको लगानी छ । फिल्ममा करीना, कृति र तब्बूसँगै दिलजीत दोसाँझ, कपिल शर्मा, राजेश शर्मालगायत कलाकारको अभिनय छ । यो फिल्म  मार्च २९ देखि प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्