माला लगाएर अतिथिलाई गाली गर्ने संस्कार हाम्रो होइनः अर्थमन्त्री पुन

काठमाडौं, ४ चैत । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । आइतवार नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

अर्थमन्त्री पुनले पाहुना डाकेर सार्वजनिक रूपमा गाली गर्नु हाम्रो समाजमा पाच्य नहुने बताए । उनले सरकारी सेवा सुविधा लिने र भाषण गर्दा जय नेपाल र लाल सलाम भन्दै गाली गर्नु उपयुक्त नभएको बताए । माला लगाएर व्याज लगाएर गाली गर्नु मान्य हुँदैन । मन्त्री पुनले भएका समस्या समधान गर्ने र सो कुरा कहाँ कति खेर भन्ने जानकारी कर्मचारीलाई हुनुपर्ने बताए ।

 

अर्थमन्त्री पुनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए । विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी कमजोरीहरुलाई भविष्यमा नदोहोर्याउने प्रतिवद्धतासहित अघि बढ्न सुझाव दिए ।

अर्थमन्त्री पुनले लगानी कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए । उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताए । अर्थमन्त्री पुनले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताए । उनले विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीहरुलाई सुधारेर जानसक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने बताए । पूर्ववर्ती अर्थमन्त्रीहरुले शुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने बताए ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धिकरण जरुरी रहेको बताए । उनले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धिकरण गर्नुपर्ने जिम्मेवारी रहेको बताए । अर्थमन्त्री पुनले प्रशासन संयन्त्रमा पनि शुद्धिकरण जरुरी रहेको बताए । उनले प्रशासन संयन्त्रको शुद्धिकरण बिना देशको आवश्यकता पूरा गर्न नसकिने बताए ।

मन्त्री पुनले लगानी कोषलाई प्रतिस्पर्धी भएर लगानी गर्न आग्रह गरे । विभिन्न चुनौतीलाई सामना गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्नु आजको आवश्यकता भएको बताए । नेपालमा अर्थतन्त्र लगायत सबै क्षेत्र भद्रगोल भएको छ भन्नु भाष्य गलत भएको भन्दै उनले सकारात्मक सोचका अगाडि बढ्नु पर्छ, उनले भने मानवं ‘सुचांकमा नेपाल सुधार भएको छ साथै आर्थक सुचांकमा पनि क्रमिक सुधार आएको छ । भएका कमीकमजोरीहरुलाई सच्याउँदै राम्रो कामको परम्परालाई निरन्तरता दिनु आजको आवश्यकता हो ।’ उनले लगानीयोग्य रकम बढेको छ, लगानीको वातावरण पनि क्रमशः बढ्दै छ, यसको लागि सरकाले पनि विज्ञ टोली बनाएर अघि बढिसकेको जनाए । कोषलाई ढुक्क भएर सुरक्षित क्षेत्रमा लगानी गर्न आग्रह गर्दै सुरक्षित भनेको हाईड्रो र कृषि नै हो, यस क्षेत्रलाई केन्द्रमा राखेर लगानी गर्न आग्रह गरे । उनले पुँजी बजारको सुधारको निमित्त पनि आवश्यक पहल भइरहेको जनाउँदै त्यसका लागि विज्ञटोलीको सुझाव मागिएको बताए । सुझाव पश्चात सरकार आवश्यक कदम चालेर अघि बढ्ने नै छ, यसमा शंका नगर्न आग्रह गरे ।
कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषले ३३ वर्ष पुरा गरी ३४ वर्षमा प्रवेश गर्दा छरिएर रहेका पुँजीलाई एकीकृत गर्ने काम गरेको बताए । लगानीलाई विविधिकरण गरी पुँजी बढाउने चुनौतीलाई सामना गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । सेवालाई छिटो, छरितो र प्रविधिमैत्री बनाउदै समयानकुल सेवा प्रदान गर्न कोष प्रतिवद्ध रहेको जनाए ।
कार्यक्रममा धितोपत्र बोर्डका निमित्तक डा. नवराज अधिकारीले नागरिक लगानी कोषको नागरिक स्टल पुँजी बढाउन आग्रह गर्दै सुशासनमा केन्द्रित हुन जोड दिएका छन् । लगानी कोषको प्रभाव राम्रो हुनुपर्छ, नागरिकको लगानी सुरक्षित र सुनिश्चित हुनुपर्छ । नियमक निकायले हस्तक्षेप गर्न नपरोस भन्दै बोली र व्यवहार एउटै हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा कोषका सञ्चालक समितिका अध्यक्ष सुर्य बहादुर थापाले विगतका विभिन्न चुनौतीहरुलाई सामना गर्दै आज भव्य महलमा कोष आइपुगेको स्मरण गर्दै अबका चुनौतीसँग सामना गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
सो कार्यक्रममा नेपाल वित्तिय कर्मचारी संघका अध्यक्ष अचुत्तम पौडेलले सम्बोधन गर्ने क्रममा मोओवाददेखि सरकारमाथी नै गभ्भीर आरोप लगाएपछि मन्त्री पुनले सो कुरा बताएका हुन ।

 

प्रतिक्रिया दिनुहोस्