नेपालको ब्याटिङ त्रिकोणात्मक टी–२० आई सिरिज फाइनलमा कमजोर शुरुवात
काठमाडौं, ३० फागुन । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले प्रस्तुत गरेको १७२ विजयी लक्ष्य पछ्याउने क्रममा कमजोर ब्याटिङ सुरुवात गरेको छ ।
नेपालले १०.३ ओभरमा ५ विकेट गुमाउँदै ६४ रन बनाएको छ । आरिफ शेख र विवेक यादव क्रिजमा छन् ।
सन्दीप जोरा १७ रनमा आउट भए । उनलाई चाँद सोपरले सेसे बाउको हातबाट क्याच गराए ।
तीव्र गतिका बलर कबुवा मोरेवाले ओपनर कुशल भुर्तेललाई ५ र विनोद भण्डारीलाई ४ रनमा क्याच आउट गर्दै पपुवा न्युगिनीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
गुल्शन झा १० बलमा १ चौकासहित ६ रनमा रन आउट भए । सेसे बाउको आठौं ओभरको पहिलो बलमा रोहित पौडेल १२ रनमा वैकल्पिक फिल्डर चार्ल्स अमिनबाट क्याच आउट भएपछि नेपाल ३७–४ को अवस्थामा पुगेको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो ।
पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाएका थिए । नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीनरतीन, करण केसी र गुल्शन झाले एक। एक विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्