नेपाल र हङकङबीचको टी-२० आई क्रिकेट खेल बर्षाको कारण रोकियो

काठमाडौं,२७ फागुन । नेपाल र हङकङबीचको त्रिकोणात्मक टी-२० आई सिरिज खेल बर्षाको कारण रोकिएको छ ।

नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको थियो । यसैबीच पानी परेपछि खेल पानी नरोकिएसम्मका लागि रोकिएको हो ।

नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिए भने हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्