नामिबियाविरुद्ध खेलमा ४ विकेट गुमाएको नेपाल दबाबमा

काठमाडौं,१८ फागुन । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत तेस्रो खेलमा नामिबियाविरुद्ध ३ बल भित्र नेपालले २ विकेट गुमाएको छ । यो सँगै ८.२ ओभरमा नेपालको ४ विकेट गएको छ ।

यसरी धेरै रनको आशा गरिएका खेलाडी छिटो छिटो आउट हुँदा नेपाल दवावमा छ ।

सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए । गुल्शन आउट हुँदा नेपालको स्कोर ६४ रन मात्र छ ।

कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

नेपालको टिममा आजको खेलमा केहि परिवर्तन भएका छन् जस अनुसार ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् । उनीहरुको स्थानमा आरिफ शेख, अभिनाश बोहरा र अनिल साह टोलीमा छन् ।

प्रतिक्रिया दिनुहोस्