सर्वोत्तम सिमेन्टको आईपीओमा, ५‍.५ प्रतिशतले मात्रै शेयर पाउने

काठमाडौं,१६ फागुन । सर्वोत्तम सिमेन्टको आईपिओ आज बुधबार ५ बजेसम्म १० लाख १२ हजार ३८४ जनाले भरेका छन् ।

सीडीएस एण्ड क्लियरिङ कम्पनीका अनुसार कम्पनीको आईपीओमा १९.३ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्रै आवेदन खुलाएको थियो । तर आवेदकले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता माग गरेका छन् । कुल १९ अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको हो । सो रकम आवेदककै बैंक खातामा ब्लक भएको छ ।

बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ खुलाएको थियो । बुक बिल्डिङबाट खुलेको यस आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ । यसमा आवेदकले ५० भन्दा थोरै १० कित्ताका लागि पनि आवेदन पनि दिएका छन् । ५० भन्दा कम आवेदन दिएकाहरुको आवेदन स्वतः रद्द हुनेछ ।

कम्पनीको आईपिओ भर्ने मध्ये करिब ५५ हजार ५ सयले मात्र ५० कित्ता शेयर पाउनेछन् भने करिब ९४.५ प्रतिशतको हात रित्तो हुनेछ । कम्पनीमा ५‍.५ प्रतिशतले मात्रै आईपीओ पाउने छन् । कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता मात्रै बाँडफाँट गर्नेछ । न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । जसअनुसार ५५ हजार ५२१ हाराहारीले मात्रै आईपीओ पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्