नेपालले लियो नेदरल्याण्ड्सको अर्को विकेट
काठमाडौं,१६ फागुन । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।
१२.६ ओभरमा स्कट एडवार्डस् व्यक्तिगत ३३ रनमा रन आउट भएका हुन् । पहिलो रन पूरा गरेका स्कट एडवार्डसले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरेका थिए ।
तर अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गरे । दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गरेका हुन् । उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर १२३ रन छ ।
यसअघि ८.६ ओभरमा कुशल मल्लले माइकल लेभिटलाई ५४ रनमा विकेट किपर आशिफ शेखको हातबाट स्टम्पिङ्ग गराएका थिए ।
करण केसीले म्याक्स ओडाउडलाई ४ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराएका थिए । त्रिवि क्रिकेट मैदानमा भएको यस खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्