मलेसियामा नेपाली र इण्डोनेसियन कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु

काठमाडौं । मलेसियाको पेनाङ शहरमा आज बिहान बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ ।

सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका बस जुधेको हो ।

बिहान करिब साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएको स्रोतले जनाएको छ ।

मृत्यु हुनेहरुको नाम खुलाइएको छैन् तर प्रहरीले मृतक सवै महिलाहरू रहेको जनाएको छ। यसबारेमा अहिलेसम्म क्वालालम्पुरस्थित नेपाली राजदूतावासले कुनै जानकारी दिएको छैन् । मृत्यु हुनेहरू कुन देशका कति नागरिक भन्नेमा अहिलेसम्म मलेसिया प्रहरीले केहि जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्