नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३६औं वार्षिकोत्सव सम्पन्न, विभिन्न सामाजिक कार्यक्रमको आयोजना

काठमाडौं । नेपालको बीमका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई बीमा अग्रणी कम्पनी बनाउन सफल भएको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३६ औं वर्ष पुरा गरी ३७ औं वर्षमा प्रवेश गरेको छ ।
कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रक्तदान कार्यक्रम संचालन गरिएको छ । जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यस्तै देशभरमा ५३ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टि विहिन व्यक्तिहरुलाई सेतो छडि वितरण गरिएको छ ।
नेपालको जीवन बीमा कम्पनीको रुपमा अग्रणी स्थान स्थापित यस कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ ।

कम्पनीको जीवन बीमा कोषमा रु.७१ अरबको हाराहरीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७८/०७९ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । आ.व.२०७८/०७९ को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँदेखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म प्रदान गरेको सहर्ष कम्पनीले जनाएको छ ।

कम्पनीको शाखा कार्यालय नेपालगंजमा आफ्नो भवन निर्माण भई सम्पन्न हुने अवस्थामा रहेको छ । ११७ शाखा कार्यालय संख्या र ५०० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।

कम्पनीले स्थापनाकालदेखि २०८० साल पौष मसान्त सम्म कूल बीमाशुल्क आम्दानी रु.१०२ अरब ३० करोड आर्जन गरेको छ भने कूल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको छ र कूल रु.३७ अरब ४९ करोड बराबर बीमा दावी भुक्तानी गरेको छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले व्यवसायिकता, प्रविधि मैत्री पारदर्शीता एवं विश्वसनियतालाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

कम्पनी संचालनको ३७औं वार्षिकोत्सवको सुखद अवसरमा हामी प्र्रति विश्वासका साथ सहकार्य गर्नु हुने सम्पूर्ण ग्राहक महानुभावनहरु, कर्मचारी साथीहरु, अभिकर्ताज्यूहरु एवं शुभेच्छुकहरुप्रति कम्पनीले हार्दिक आभार ब्यक्त गरेको छ । साथै नियामक निकाय लगायत अन्य सम्बन्धित संस्थाहरुवाट प्राप्त मार्गदर्शन र सहयोगको लागि कृतज्ञता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्