यस कारण दादुरा–रुबेलाखोप अभियान किन सञ्चालन
काठमाडौं, फागुन ११ ।
१. दादुरा–रुबेला कस्तो प्रकारका रोगहरूहुन?
दादुरा रोगमिजल्स भाईरसबाट हुने अतिछिटो सर्ने संक्रामक रोग हो । रुबेलारोग रुबेलाभाईरसबाटहुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामन्यतयाः ५ बर्ष मुनिकाबालबालिकामा धेरै हुने गरेको छ र छिट्टै फैलिएर महामारी हुनसक्छ ।
दादुरासंक्रमण भएमागम्भिर प्रकारका जटिलताहरू हुनुका साथै मृत्यु समेत गराउन सक्छ । रुबेला रोगको असरहरूदादुरा भन्दा सामान्यप्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमागर्भपतनहुने, समय नपुगीवच्चाजन्मने, मृत वच्चाजन्महुने तथागम्भिर प्रकारको जन्मजातहुने विकलाङ्गहरू देखापर्नसक्छन् । बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण हो ।
२. दादुरा–रुबेला रोगहरू कसरी सर्दछन् ?
दादुरा–रुबेलाकाभाईरस मानिसमामात्र सर्दछ । यीभाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटिमा रहेर बृद्धि हुने र स्वाशनलिएवम् अरु भित्रीअंगहरुमा संक्रमण गर्दछ । रोगलागेको व्यक्तिले खोक्दा, हाच्छ्यिु गर्दा निस्कने छिटाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमाहावाको माध्यमबाट सर्दछ ।
सामान्यअवस्थामाएकजना संक्रमित व्यक्तिबाट १८ जनासम्मव्यक्तिहरूलाई सर्न सक्छन् । त्यसैगरी यी रोगबाट सामान्यतयाः १० प्रतिशतबालबालिकाको मृत्यु हुनसक्छ भने आपतकालिनअवस्थामा मृत्युदर ३० प्रतिशतसम्म हुनसक्छ ।
३. दादुरा–रुबेला रोग लाग्दा देखिने मुख्यचिन्ह र लक्षणहरू के के हुन?
ज्वरो आउनु र शरीरमा राताविमीरा देखापर्नु दादुरा र रुबेला रोगकामुख्यचिन्ह, लक्षण हुन । नाकबाट पानीबग्ने, खोकीलाग्ने, आँखा राताहुने, आँखापाक्ने जस्ता रुघा खोकीका लक्षण, चिन्हहरू पनि देखिन सक्छन् ।
४. दादुरा–रुबेला रोग भएमा के के जटिलताहरू हुन सक्छन् ?
दादुराबाट पखालालाग्ने, कानको संक्रमण हुने, न्यूमोनियाहुने, अन्धोपन हुने, कम्पनआउने, मस्तिष्कमा कडा खालको संक्रमण हुने र यस प्रकारका जटिलताबाट विरामीको मृत्यु समेत हुनसक्छ ।
रुवेलाको संक्रमणबाट हाडजोर्नीहरू सुन्निने वादुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण हुने, गर्भपतनहुने वा मृत शिशु जन्मने, अन्धोपना, बहिरोपना, मुटुर मस्तिष्कमाविकृति जस्ता जन्मजातविकलाङ्गहुने र यसप्रकारका जटिलताको कारण विरामीको मृत्यु समेत हुनसक्छ ।
५. गर्भावस्थामारुबेला संक्रमणको कारणले हुने जन्मजातविकलाङ्गभनेको के हो ?
गर्भावस्थामा रुबेलासंक्रमण भएमागर्भमाभएको बच्चामागम्भिर असर हुन्छ र बच्चाजन्मिदाविभिन्नविकृतिहरु हुनसक्छन्, जसलाई कन्जेनाईटल रुबेला सिण्ड्रोम भनिन्छ । यस्तो अवस्थामागर्भपतनहुने, मृत बच्चाजन्मने, जन्मदै काननसुन्ने, आंखानदेख्ने, मुटुमा गम्भिर असर हुने, मानसिकविकासमाअवरोध हुने, कलेजो, फियोमा असर हुने जस्ता जन्मजातजटिलताहरू हुन्छन् ।
६. दादुरा–रुबेलाको औषधीउपचार हुन्छ कि हुदैन ?र यीरोगवाट कसरी बच्न सकिन्छ ?
दादुरा–रुबेला रोगको निश्चितऔषधीउपचार छैन । यी रोगको उपचार गर्नु भनेको लक्षण, चिन्हको अपचार गर्नु हो । जस्तै– ज्वरो आएको भएमापारासिटामोलदिने, पखालालागेको भएमापुनर्जलीय झोलदिने, आदि ।
यी रोग लाग्नबाट बच्नको लागिदादुरा–रुबेलाखोप लगाउनु नै सबैभन्दाप्रभावकारी र उत्तमउपायहो । यो खोपनियमितखोपमा९ महिनार १५ महिनाको उमेरमा२ मात्रालगाउनै पर्दछ । साथै दादुरा–रुबेलाखोप अभियानमापनितोकिएको उमेर समूहकासबै बालबालिकालाई थप पटक यो खोप लगाउनै पर्दछ ।
७. दादुरा–रुबेलाखोप अभियानकिनसञ्चालनगर्नु परेको हो ?
कोभिड–१९ को महामारीको समयमानियमितखोपबाट दादुरा–रुबेलाखोप लगाउन धेरै बालबालिकाछुट भई दादुराको महामारी विभिन्नजिल्लाहरुमा फैलिएको हुँदाबालबालिकालाई यो खोप दिएर रोगसँगलड्न सक्ने क्षमताप्रदान गरी संक्रमण दर, रोग दर, मृत्यु दर घटाई सन् २०२६ सम्ममादादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्यहासिल गर्नको लागि यो अभियान सञ्चालन गर्नु परेको हो ।
८. यस अभियानमादादुरा–रुबेलाखोप लगाएपछि नियमितमात्रा छुटेकाले छुट मात्रालगाउनु पर्छ कि पर्दैन ?
पर्छ ।अभियानको अवसरमादादुरा–रुबेलाखोप लगाएपनि१५ महिनामुनिकाबालबालिकाले नियमितखोपको दुई मात्रा पूरा गर्नुपर्छ ।
९. दादुरा–रुबेलाखोप अभियानकहाँकहाँहुँदैछ ?
दादुरा–रुबेलाखोप अभियान देशभरी नै सञ्चालन हुँदै छ ।
१०. यो अभियानकहिले र कहाँहुँदैछ ?
यो खोपअभियान २०८० सालफाल्गुण १३ गते देखि चैत्र ७गतेभित्र सञ्चालनहुँदैछ । तर गाउँ÷टोलअनुसार खोप अभियान सञ्चालनहुने दिन फरक फरक हुन्छ ।
अभियानमायो खोपनियमितखोप केन्द्र सञ्चालनहुने स्थान, विगतकाखोप अभियानमा सञ्चालनगरिएकाखोप केन्द्रएवम् स्वास्थ्य संस्थाबाटप्रदानगरिन्छ । साथै २४ जिल्लाहरूमाविद्यालयमाकक्षा १० सम्मकाविद्यार्थीहरूलाई लक्षित गरेर खोप केन्द्र सञ्चालनगरिन्छ ।
खोप केन्द्र सञ्चालनहुने स्थान र मितिवारे महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकलाई सोधेर अथवा स्वास्थ्य संस्थावा वडा कार्यालयमा सम्पर्क गरेर थाहापाउन सकिन्छ ।
११. यस अभियानमा यो खोपकुन उमेरका बालबालिकालाई लगाईदै छ ?
यस अभियानमा तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरूमा ९ महिना देखि १५ वर्ष मुनिकाबालबालिकालाई यो खोप लगाइन्छ भने बाँकीजिल्लाहरूमा ९ महिना देखि ५ वर्ष मुनिकाबालबालिकालाई यो खोप लगाइन्छ ।
१२. किन त जिल्लाअनुसार फरक फरक उमेरका बालबालिकालाई यो खोप दिनलागिएको हो ?
गत एक वर्षको अवधिमानेपालको विभिन्न ठाउँमा फैलिएको दादुरा रोगको महामारीमा देखिएकादादुराकाविरामीको उमेर विश्लेषण गर्दा तराई र काठमाडौं उपत्यकाकाजिल्लाहरूमा धेरैजसो १५ वर्षसम्मकाबालबालिकामादादुरा देखिएको थियो । त्यसैले तीजिल्लाहरूका १५ वर्ष मुनिकाबालबालिका यो रोगबाट बढी जोखिममा रहेको देखिएको हुँदा ९ महिना देखि १५ वर्ष मुनिकाबालबालिकालाई यो खोप दिने नीतिलिइएको हो भने बाँकीजिल्लाहरूमा ९ महिना देखि ५ वर्ष मुनिकाबालबालिकालाई यो खोप दिइनेछ ।
१३. यो खोप लगाएपछि कुनै असर त हुदैन ?
नेपालमाविगत ३५ वर्ष देखि दादुरा खोप र ११ वर्ष देखि दादुरा–रुबेलाखोप नियमितखोप मार्फत १५ महिनासम्मकाबालबालिकालाई दिईंदै आएको छ र हालसम्मकुनै पनिव्यक्तिमागम्भिर प्रकारको असर देखिएको छैन । तर यो खोपलगाएको केही समयपछि कुनै कुनै व्यक्तिमाहल्काज्वरो आउने, शरीरमादादुराको जस्तै विमिराहरू आउने जस्ता सामान्य असरहरू देखिनसक्छन् । यस प्रकारका असरहरू केही दिनपछि आफै ठीक हुन्छन् ।
१४.यो खोप लगाउनकस्तो अवस्थामा सावधानीअपनाउने ?
हो, पहिलादादुरा–रुबेलाखोप लगाउँदागम्भिर प्रकारको कुनै एलर्जी (एनाफाइलाक्सीस्) देखिएको थियो भने स्वास्थ्यकर्मीको परामर्श लिनु पर्दछ । त्यस्तै एड्सका लक्षणहरू देखा परेको भएमा, रोग प्रतिरोधात्मकशक्तिकम गराउने अवस्थाभएमा, सिकिस्तविरामीभएको बेलामा, उपचार शुरु नगरेका क्षयरोगको विरामी र गर्भवतीमहिलाले यो खोप लगाउनु हुदैन ।यीअवस्थाहरूनिको भएपश्चातखोप लिनसकिन्छ ।
१५.नियमितखोप लगाउन छुटेका बच्चाले छुट खोप लगाउन के गर्नुपर्छ ?
५ वर्ष मुनिकाबालबालिकाहरूको नियमितखोप छुटभएको अवस्थामा ५ वर्षसम्म छुट खोप तालिकाअनुसार नजिकैको खोप केन्द्र मार्फत खोप लगाउन पाइन्छ । तर नियमितखोपतालिकाअनुसार लगाएमाखोपको प्रभावकारिताउच्च हुन्छ ।
१६. यस अभियानमाकुनकुन छुट नियमितखोप लगाइन्छ त ?
यस पटक सञ्चालनगरिने दादुरा–रुबेलाखोप अभियानमा ५ वर्षमुनिकाबालबालिकालाई डि.पि.टी.–हेप बी–हिव (भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, न्यूमोनिया, मेनिनजाईटिस, हेपाटाईटिस बी जस्ता रोगबाट बचाउने खोप), पि.सि.भी. (न्यूमोनियाबाट बचाउने खोप) र आई.पि.भी. (पोलियोबाट बचाउने खोप) को छुट मात्राअभियानको दिनमा नै लगाइन्छ ।
१७. एकै दिन एक भन्दा बढी खोपहरू लगाउन हुन्छ र ?
हुन्छ ।नियमितखोप सेवालिने बेलामापनि एकै दिनएकभन्दा बढी खोपहरू लगाइन्छ । यसबाट बालबालिकालाई कुनै असर हुदैन ।
थपजानकारीको लागि टोलफ्रीनम्बर १११५ माअथवानजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गनुहोस् ।
प्रतिक्रिया दिनुहोस्