सुनको भाउ स्थिर, चाँदीको थोरैले घट्यो

कठमाडौं,११ फागुन । शुक्रबार सुनको भाउ स्थिर छ भने चाँदीको भाउ घटेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुन यही भाउमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्