जापान र बेलायतपछि जर्मनी पनि फेरि आर्थिक मन्दीको चपेटामा

काठमाडौं,१० फागुन । विश्वभर आर्थिक मन्दीको संकट फेरि गहिरिन थालेको छ ।

सन् २०२४ शुरु भए लगत्तै जापान र बेलायतमा आर्थिक मन्दी शुरु भएकोमा अहिले जर्मनीको केन्द्रीय बैंक, बुन्डेस बैंकले पनि आफ्नो देशमा गम्भिर आर्थिक संकट देखा पर्न थालेको घोषणा गरेको छ ।

पछिलो महिना एक पछि अर्को गर्दै ठूला अर्थतन्त्र भएका देशहरुमा आर्थिक मन्दीको चपेटामा पर्दै आएको देखिएको छ । त्यसैक्रममा जर्मनीको केन्द्रीय बैंक, बुन्डेस बैंकका अनुसार सन् २०२३ को अन्तिम त्रैमासिकबाट शुरु भएको यो वर्षको आर्थिक मन्दी मार्चसम्म निकै बढ्नेछ ।

सन् २०२३ को अन्तिम त्रैमामासिक जर्मनीको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ०.३ प्रतिशतले घटेको थियो ।

बैंकले रेल र हवाईलगायत क्षेत्रमा भैरहेका हड्तालका कारण जीडीपीमा कमी आइरहेको स्पष्ट पार्दै सरकारले गंभिरतापूर्वक कदम चालेमा यस पटकको मन्दी लामो समय नरहने प्रक्षेपण पनि गरेको छ । मुख्य कुरा सरकारको कार्यशैलीमा भर पर्ने उसको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्