नेपालले नामिबियालाई दियो १६९ रनको झिनो लक्ष्य

काठमाडौं,९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको झिनो लक्ष्य दिएको छ ।

३७. १ ओभरमै सबै विकेट गुमाएर नेपालले १६८ रन बनाएको हो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए भने कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।

नेपालका कप्तान रोहित पौडेलसहित, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि(इटनले ४/४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक/एक विकेट लिए ।

नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्