आफ्नै श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित भुसुने निवासीे २८ वर्षीया लक्ष्मीकुमारी राईलाई आफ्नै श्रीमान् राजकुमार राई र देवर ओम राईले हत्या गरेका खुलासा भएको छ।

गोवद्र्धन पूजाको दिन राति ११ बजेतिर लक्ष्मीले मादक पदार्थ सेवन गरेर घर आएपछि भनाभन हुँदा रिसको झोकमा उनीहरूले रडले हिर्काएर हत्या गरेको स्थानीयवासीले बताए। सो घटनाका सम्बन्धमा प्रहरीले अभियुक्तद्वयलाई पक्राउ गरेर अनुसन्धान थालेपनि कुनैपनि जानकारी नदिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्