आज सुन–चाँदीको भाउ बढ्यो

काठमाडौं,६ फागुन । हप्ताको पहिलो दिन आज सुन–चाँदी दुवैको भाउ बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ६०० रुपैयाँ कायम छ ।
त्यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ५० रुपैयाँ रहेको छ । यसअघि शुक्रबार छापावाल सुनको भाउ १ लाख १७ हजार १०० र तेजावी सुनको भाउ १ लाख १७ हजार ५० रुपैयाँ कायम रहेको थियो ।

आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १४ सय ३० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार १२.९९ डलरमा र चाँदी प्रतिऔंस ३.४२ डलरमा कारोबार भइरहेको

प्रतिक्रिया दिनुहोस्