नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं,४ फागुन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज शुक्रबार फागुन ४ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । नेपाल इन्भेष्टमेन्ट मेगाले फागुन १ गतेदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो ।

बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १६ लाख १६ हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २४ लाख २४ हजार

इकाई सर्वसाधारणका लागि खुला गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको ‘१०% एनआइएमबी डिबेन्चर २०९०’ जारी गरेको हो । यसमा वार्षिक १०%ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्