फागुन महिनाबाट अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाउने

काठमाडौं, २९ माघ । फागुन महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक गरिएको छ। १८ वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन्।

साबिक ब्याजदर राख्ने बैंक

फागुन महिनामा ४ बैंक हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले यस अघिको माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन्।

हिमालयनल बैंकले व्यक्तिगततर्फ ८।१५ प्रतिशत र संस्थागततर्फ ६।१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेका हुन् । अर्को बैंक लक्ष्मी सनराइज बैंकले पनि व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरको हो।

सर्वाधिक ब्याजदर घटाउने बैंक

फागुन महिनाका कृषि विकास बैंकले अरु बैंकको तुलनामा .सर्वाधिक ब्याजदर घटाएको छ। बैंकले फागुन महिनामा अधिकतममा ६।४४३ प्रतिशत ब्याज दिने भएको छ। माघ महिनामा व्यक्तिगत मुद्दतिमा ७।२६ प्रतिशत ब्याज दिएको थियो। व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बैंकले ०।८१ प्रतिशतको विन्दुले घटाएको हो।

प्रतिक्रिया दिनुहोस्