राष्ट्र बैंक बोर्ड बैठक बस्दै, समीक्षा आजै आउने सम्भावना

काठमाडौं, २९ माघ । राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड बैठक) आज साँझ ५ बजेलाई बोलाइएको छ । आईतबार अबेरसम्म राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले आर्थिक अनुसन्धान विभागले तयार पारेको मस्यौदा प्रतिवेदनलाई बुँदागत गर्दै पारित गरेको थियो । आज साँझ बस्ने बोर्ड बैठकले राष्ट्र बैंक व्यवस्थापन समिती तयार पारेको मस्यौदा पारित गरे आजै मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा सार्वजनिक हुने राष्ट्र बैंक स्रोतले जनाएको छ ।

समीक्षा सार्वजनिक गरे लगत्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भारत भ्रमणमा जाने भएका छन् । भारतीय रिजर्व बैंकको आयोजनामा दक्षिण एसियाली गभर्नरको सम्मिलित ुबोर्ड अफ गभर्नसु को बैठकमा सहभागी हुन गभर्नर अधिकारी भारत जान लागेका हुन् । भारतको मुम्बईमा आयोजना गरिएको बैठक फागुन ३ र ४ गते राखिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्