सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं,२४ माघ । सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडले १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’ को अध्यक्षतामा सम्पन्न साधारणसभाले संस्थाको आ.व. २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल गरि पारित गरेको छ । सभामा अध्यक्ष सोमनाथ अधिकारीले यस सहकारी द्वारा संचालित अस्पतालले दिने सेवालाई आगामि दिनमा विस्तार र स्तरोन्नति गरिने बताए । अस्पतालमा प्याथोलोजी र मृगौला डाइलासिस सेवाको योजना रहेको उनले बताए । सहिदका सम्मानित नाममा संचालित यस सहकारीले सहकारी क्षेत्रमा देखिएका केहि विकृति, विसङ्गतीहरु हटाउदै समाज, राष्ट्र र शेयर सदस्यहरुप्रती उत्तरदायी रूपमा कार्य गर्ने प्रतिबद्धता उनले जनाए ।

आ. व.२०७९/८० असार मसान्तसम्ममा सहकारीमा शेयर पूँजी रु.३ करोड २ लाख ६ सय र सदस्य संख्या ४०३ जना रहेको छ । सामाजिक सेवाभावले स्थापित यस स्वास्थ्य सहकारीले हाल १०० शैयाको आधुनिक र सुविधा सम्पन्न सहिद मेमोरियल अस्पताल (कलंकी) र सहिद स्मारक जनस्वास्थ्य कलेज (सिफल) बाट स्वास्थ्यसम्बन्धि विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको छ। संस्थाले वार्षिक रूपमा देशका विभिन्न ठाँउमा नि :शुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ।

कार्यक्रममा संस्थामा दिएको योगदानको कदरस्वरुप अस्पताल व्यवस्थापन समितिका सदस्यसचिव डा। दिपक श्रेष्ठ लगायत अस्पताल र सहकारीका कर्मचारीहरुलाई सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्