छिमेक लघुवित्तको नाफा घट्यो

काठमाडौं,२४ माघ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ४३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.५५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५५ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेपछि लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.५९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३४.९३ प्रतिशत र अन्य सञ्चालन आम्दानी ७.३५ प्रतिशत घटेको छ। खराब कर्जा बढेर ०.९४ प्रतिशतबाट २.९५ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज २४ करोड ८ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा दुबै घट्न पुगेको हो।

पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ३१ पैसा रहेको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १८ रुपैयाँ ५५ पैसा घटेर २९ रुपैयाँ ३० पैसामा झरेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २९।७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ ५२ पैसा रहेको छ।

यस लघुवित्तको २ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको रहेको छ भने  जगेडा कोषमा ३ अर्ब ९१ करोड ५६ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्